Home मुख्य समाचार जेसीजद्वारा विद्यार्थीलाई पोशाक वितरण

जेसीजद्वारा विद्यार्थीलाई पोशाक वितरण

विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिँदै ।

हेटौँडा : हेटौँडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । जेसीआई हेटौँडा वर्ष २०२० का अध्यक्ष राजदेव बनियाँले पिता बिहारीलाल बनियाँको स्मृतिमा पोशाक सौजन्य गर्नुभएको हो ।

जेसीआई हेटौँडाको आयोजनामा भएको पोशाक वितरण कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष सन्तोष पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालयको नर्सरी कक्षामा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई टि–सर्ट, ट्राउजर, जुत्ता, मोजालगायतका पोशाक हस्तान्तरण गरिएको छ । कार्यक्रममा जेसीआई हेटौँडा वर्ष २०२० का अध्यक्ष बनियाँले आगामी दिनमा समेत पोशाक वितरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

जेसीआई हेटौंडा वर्ष २०२५ का महासचिव सञ्जयकुमार न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रममा हेटौँडा ९ नम्बर वडा अध्यक्ष एवम् जेसीआई हेटौँडाका मानार्थ सदस्य सुकराम केसीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि जेसीआई हेटौँडाका निवर्तमान अध्यक्ष एवम् जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव विकेशलाल श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवम् जेसीआई हेटौँडा लेडी वर्ष २०२० की अध्यक्ष सुशीला पौडेलको आतिथ्य रहेको थियो ।

Exit mobile version