Home मुख्य समाचार उपमहानगरका किसानलाई उपकरण हस्तान्तरण

उपमहानगरका किसानलाई उपकरण हस्तान्तरण

किसानलाई उपकरण हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख लामा र उपप्रमुख बानियाँ ।

हेटौँडा: हेटौँडा उपमहानगरपालिकाले सोमबार किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । उपमहानगरले कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम अन्तर्गत १८ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको उपकरण हस्तान्तरण गरेको हो । किसानलाई पचास प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो ।

किसानलाई प्रोत्साहान गर्न उपकरण वितरण गरिएको उपमहानगरले जनाएको छ । नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले किसानलाई उपकरण हस्तान्तरण गर्नुभयो । चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अन्तर्गत असोज ९ गते अनुदान कार्यक्रममा सहभागी हुने सम्बन्धी प्रस्ताव आव्हान गरिएको थियो । कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीलेहरुले आवेदन दिएका थिए ।

कृषि अधिकृत प्रदिप रेग्मीका अनुसार आवेदनमा छनोट भएकाहरुले कार्यक्रममा हाते ट्यक्टर १९ जनालाई, मकै रोप्ने मेसिन ७९ जनालाई, मकै छोडाउने मेसिन ४१ जनालाई, पानी तान्ने पम्प १ जनालाई र कम्बाईन मिल १ जनालाई वितरण गरिएको जानकारी दिनुभएको छ ।

Exit mobile version