Home मुख्य समाचार लागूऔषध खैरो हेरोईनसहित हेटौँडा–१८ बाट विनोद पाख्रिन पक्राउ

लागूऔषध खैरो हेरोईनसहित हेटौँडा–१८ बाट विनोद पाख्रिन पक्राउ

लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका विनोद पाख्रिन ।

हेटौँडा : लागूऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो साढे १२ बजेको समयमा हेटौँडा–१८, आरामपुरमा शंकास्पद अवस्थामा हिँडिरहेका हेटौँडा–१८, मानेडाँडाका ३४ वर्षीय विनोद पाख्रिनलाई ४२० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पाख्रिनलाई हिरासतमै राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट प्रहरीले ५ दिनको म्याद अनुमति पाएको छ ।

Exit mobile version