हेटौँडा : मकवानपुर भिमफेदी गाउँपालिका–१, बागझोराबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–११, थानाभ¥याङ बस्ने ३६ वर्षीय कुमार सिङ गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बिहीबार राती ११ बजेर ३० मिनेटको समयमा हेटौँडा भैंसै सडकखण्डमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले भैसेबाट हेटौँडातर्फ आउँदै गरेको बा ९४ प ८०८६ नम्बरको मोटरसाईकललाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा ६ किलो ८२० ग्राम बरामद गरेको थियो । लागूऔषध गाँजासहित प्रहरीले हेटौँडा–११, थानाभर्याङ बस्ने ३६ वर्षीय कुमार सिङ गोलेलाई पक्राउ गरेको छ । गाँजासहित गोलेलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।











