Home मुख्य समाचार हेटौँडा–७ मा विजुलीको तार चुँडिएर करेन्ट लाग्दा तीनजना घाइते, एकको अवस्था गम्भीर

हेटौँडा–७ मा विजुलीको तार चुँडिएर करेन्ट लाग्दा तीनजना घाइते, एकको अवस्था गम्भीर

हेटौँडा : हेटौँडा–७, शान्तिटोलमा नेपाल विद्युत प्राधिकरणका प्राविधिकले पोलमा मर्मतको कार्य गर्दै गर्दा अचानक विजुलीको तार चुँडिएर तल खस्दा पैदलयात्री ३ जनालाई करेन्ट लागेको छ । मंगलबार साँझ ५ बजेर ४५ मिनेटको समयमा घटना भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर हेटौँडा–७ का ४६ वर्षीय सन्चय कुमार पुडासैनी, ४४ वर्षीया लक्ष्मी पुडासैनी र १ वर्षीया श्रीयाना पुडासैनी घाइते भएका छन् । घाइते सन्चय र लक्ष्मी श्रीमान् श्रीमति भएको र श्रीयाना उनीहरुको नातिनी भएको प्रहरीले जनाएको छ । सन्चयको दुबै गोडा जलेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लक्ष्मी र श्रीयानाको दुबै हातगोडा जलेको र अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ ।

घाइते तीनैजनालाई उपचारका लागि चितवन जिल्लास्थित चितवन मेडिकल कलेज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version