हेटौँडा : हेटौँडा–५ स्थित बालज्योति माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई अधिकतम् अंक ४ जीपीए ल्याउने विद्यार्थी अस्मिता घिमिरे र विद्यालयलाई वडा कार्यालयले सम्मान गरेको छ । मंगलबार वडा कार्यालयमै अनौपचारिकरुपमा घिमिरेलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ भने विद्यालयका प्रधानाध्यापकलाई सम्मानपत्र प्रदान गरिएको छ ।
वडाध्यक्ष सुशील घिमिरेका अनुसार राम्रो नतीजा हासिल गरेका विद्यार्थी र विद्यालयलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको जानकारी दिनुभयो । उहाँले वडाको तर्फबाट शिक्षामा लगानी गर्ने, चासो र ध्यान दिने बताउनुभयो । वडाले विद्यालयको समग्र विकासमा काम गर्दै आएको र आगामी दिनमा पनि आवश्यक काम गर्ने बताउनुभएको छ ।
