Home मुख्य समाचार ४५ जनाले रक्तदान गरे

४५ जनाले रक्तदान गरे

हेटौँडा बजारमा रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडामा मंगलबार २ स्थानमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथ र लियो क्लब अफ हेटौँडा मुक्तिनाथको संयुक्त आयोजनामा हेटौँडा बजारमा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । यस्तै हेटौँडा–१५, रातोमाटेस्थित सशस्त्र प्रहरी बलको १४ नम्बर गणमा आयोजित कार्यक्रममा २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ । सशस्त्र प्रहरी महिला परिवार संघको वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तसञ्चार केन्द्रमा अहिले रगतको उपलब्धता सहज रहेको रक्तसञ्चार केन्द्रको भनाइ छ ।

Exit mobile version