हेटौँडा : हेटौँडा–१८, बडकुलेमा सर्पले डसेर एकजना पुरुष घाइते भएका छन् । सोमबार बिहान ८ बजेको समयमा ३५ वर्षीय निरज सुवेदीलाई सर्पले डसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सुवेदीलाई आफ्नै घरमा दाउरा निकाल्ने क्रममा अचानक जात नखुलेको सर्पले दाहिने हातमा डस्दा मध्यम घाइते भएका छन् । सुवेदीलाई उपचारका लागि दिउँसो ३ बजेको समयमा हेटौँडा अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।











