Home मुख्य समाचार हेटौँडा हुँदै बीरगन्ज पुगेको ट्रकमा ३१९ किलो चरेश, ट्रकचालक मकवानपुरका बुद्धिबहादुर पक्राउ

हेटौँडा हुँदै बीरगन्ज पुगेको ट्रकमा ३१९ किलो चरेश, ट्रकचालक मकवानपुरका बुद्धिबहादुर पक्राउ

प्रहरीले बरामद गरेको लागूऔषध चरेश र ट्रक चालक बुद्धिबहादुर ।

हेटौँडा : हेटौँडा हुँदै बीरगन्ज पुगेको मालबाहक ट्रकमा लागूऔषध चरेस बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधबार साँझ साढे ७ बजेको समयमा वीरगञ्ज–२१, परवानीपुरचोकमा रोकी राखेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट प्रहरीले ३१९ किलो चरेस बरामद गरेको छ ।

मालवाहक ट्रकमा लागूऔषध चरेस लोड गरी ल्याएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक कारवाही गरेको जनाएको छ । प्रहरीले ट्रक चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ । ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध चरेस १३ पोका बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चालक बुद्धिबहादुरको साथबाट १ लाख ९२ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ ।

Exit mobile version