Home मुख्य समाचार १९ वर्षे किशोर १६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ

१९ वर्षे किशोर १६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ

प्रहरीले बरामद गरेको लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका प्रितम बल ।

हेटौँडा : १९ वर्षीय एक किशोरलाई मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन १६ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरेको छ । लागूऔषध खैरो हेरोइन प्रयोगकर्ता तथा व्यापारीको रुपमा सक्रिय रहेका हेटौँडा–१२ का १९ वर्षीय प्रितम बललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान ३ बजेर १५ मिनेटको समयमा हेटौँडा–१०, बसपार्कमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलाई नियन्त्रणमा लिएको जनाएको छ । बललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुरमा ३ दिनको म्याद अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version