हेटौँडा : मदन भण्डारी फाउण्डेशनको आयोजनामा बिहीबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । मदन भण्डारीको ७४औं जन्मजयन्तीको सन्दर्भमा फाउण्डेसनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
हेटौँडा–१ स्थित रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शनिबार पनि हेटौँडा–८ स्थित अस्तित्व व्याण्डले रक्तदान कार्यक्रम गर्दैछ भने सोमबार लायन्स क्लबले रक्तदान कार्यक्रम आयोजना गर्दैछ । यस्तै मंगलबार हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले रक्तदान कार्यक्रम आयोजना गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।
