Home मुख्य समाचार हेटौँडा हुँदै पथलैया पुगेको गाडीमा चरेश बरामद

हेटौँडा हुँदै पथलैया पुगेको गाडीमा चरेश बरामद

लागूऔषध चरेशसहित पक्राउ परेका बच्चुकुमार बुढाथोकी र बरामद सामग्री सार्वजनिक गर्दै प्रहरी ।

हेटौँडा : हेटौँडा हुँदै पथलैया पुगेको यात्रुबाहक बसमा लागूऔषध चरेश बरामद भएको छ ।

बुधबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले पथलैयामा नारायणघाटबाट हेटौँडा हुँदै सिमरा जाँदै गरको गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई रोकेर सुरक्षाजाँच गर्दा सह–चालक साईडको सिटमा १ किलो ९ सय ३३ ग्राम लागूऔषध चरेश बरामद भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थायी घर भई हाल बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–६, सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । बुढाथोकीको साथबाट ६० हवार ५ सय रुपैयाँ र ३९ हजार २ सय १७ भारतीय रुपैयाँ बरामद भएको जनाएको छ ।

Exit mobile version