हेटौँडा : बागमती प्रदेशसभाको बैठक सारिएको छ। बजेट माथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो ।
असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरु बीच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्ने छ । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार सभामुखले बैठक सार्नु भएको हो ।











