Home मुख्य समाचार १३ र १४ गते त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा सवारी आवागमन...

१३ र १४ गते त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा सवारी आवागमन बन्द

Oplus_16908288

हेटौँडा : त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी गराएको हो ।

सडक डिभिजन हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ्ग सडकखण्ड अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने लागेको जनाएको छ । सडक दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिनेछ ।

Exit mobile version