Home मुख्य समाचार योद्धा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

योद्धा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–७, गोदामचोकमा योद्धा गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजेको समयमा बनेपा पनौती सडकखण्डमा पनौती तर्फबाट बनेपातर्फ जाँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्धा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा प्र ०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

योद्धा गाडीको ठक्करबाट स्कुटर चालक काभ्रे जिल्लाको तेमाल गाउँपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७, बसपार्क पछाडि डेरा गरी बस्ने ४५ वर्षीय ज्ञानध्वज तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाकारी दिएको छ । गाडी चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version