Home खेलकुद हेटौँडामा फुटबल रेफ्री तालिम सुरु

हेटौँडामा फुटबल रेफ्री तालिम सुरु

रेफ्री तालिममा सहभागीहरुको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडामा फुटबल खेलको रेफ्री तालिम सुरु भएको छ । एक सातासम्म सञ्चालन हुने तालिम शुक्रबार सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवम् तालिम संयोजक अमृत लुङ्बाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । तालिम उद्घाटन कार्यक्रममा एन्फा कार्यसमिति सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको पनि आतिथ्य रहेको थियो । तालिममा तीन जना महिलासहित ४१ जना सहभागी छन् । तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन अमात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ भने शारीरिक पक्षको प्रशिक्षण वीरेन्द्रबहादुर पाण्डेले दिनुहुने एन्फाले जनाएको छ ।

Exit mobile version