हेटौँडा : सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४, डकाहा बजारमा बार्दलीबाट लडेर १८ महिने बालकको मृत्यु लडेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार दिउँसो २ बजेको समयमा १८ महिनाका युभान्स धामी खेल्ने क्रममा आफ्नै पक्की घरको १ तलाको बार्दलीबाट लडेर १८ महिने बालकको मृत्यु खस्दा गम्भिर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बालकलाई दुधौली नगर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं अन्नपुर्ण न्युरो अस्पताल माईतिघर लगिएको थियो । उपचारको क्रममा बालकको शुक्रबार बिहान ६ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
