Home मुख्य समाचार सिद्धार्थ माविको कप्तानमा समर, उपकप्तानमा दिपिसा चयन

सिद्धार्थ माविको कप्तानमा समर, उपकप्तानमा दिपिसा चयन

निर्वाचन कार्यक्रमअन्तर्गत मतदान गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको विद्यार्थी कप्तानमा समर घिसिङ निर्वाचित हुनुभएको छ । शुक्रबार बिहान सम्पन्न निर्वाचनबाट उपकप्तानमा दिपिसा श्रेष्ठ चयन हुनुभएको छ ।

विद्यालयले सदनगत कप्तान र उपकप्तान पनि चयन गरेको छ । रातो सदनको कप्तानमा उज्ज्वल पटेल, उपकप्तानमा उत्सव न्यौपाने चयन हुनुभएको छ । निलो सदनको कप्तानमा निशा लामा, उपकप्तानमा प्रेरणा गोले चयन हुनुभएको छ । हरियो सदनको कप्तानमा पृथ्वीनारायण यादव र उपकप्तानमा गुरु यादव चयन हुनुहुँदा प्याजी सदनमा सृष्टी राना मगर, उपकप्तानमा अमर मोक्तान चयन हुनुभएको छ । यस्तै सुन्तले सदनमा सक्षम आचार्य, उपकप्तानमा ज्यासमिन दोङ निर्वाचित हुनुहुँदा पहेँलो सदनको कप्तानमा कृजा तितुङ र उपकप्तानमा रचना लामा चयन हुनुभएको छ ।

सिद्धार्थ माविले दोस्रो पटक निर्वाचनको अभ्यास गरेको हो । कक्षा ६ देखि १० सम्मका ९ सय ६ जना विद्यार्थीले मतदानको अवसर प्राप्त गरेकामा ५ सय ६३ जनाले मात्रै मतदान गरेका थिए । निर्वाचनको कार्यक्रममा शिक्षकहरुले सहजीकरण गर्नुभएको थियो । निर्वाचन आयोगबाटै निर्वाचन सामग्री ल्याएर प्रयोग गरिएको थियो । निर्वाचित विद्यार्थीलार्य आइतबार प्रमाणपत्र र व्याच वितरण गरिने शिक्षक कृष्ण पोखरेलले जानकारी दिनुभएको छ ।

Exit mobile version