एफसी कमलडाँडाको टिम ।

हेटौँडा : हेटौँडाको एफसी कमलडाँडा दोस्रो बारा भेट्रान्स फुटबल प्रतियोगितामा उपविजेता बनेको छ । बारा जिल्लाको कलैयामा मंगलबार सम्पन्न फाइनलमा एफसी कमलडाँडा आयोजक कलैया फुटबल क्लब रातोसँग २–० गोलअन्तरले पराजित भएको हो ।

शनिबार भएको सेमीफाइनल खेलमा सिमराको विकासशील भेट्रान्स क्लवलाई ३–० गोलअन्तरले पराजित गर्दै एफसी कमलडाँडा फाइनल प्रवेश गरेको थियो । यस्तै आइतबार आयोजक कलैया फुटबल क्लब रातोले बीरगन्जको आरम्भ भेट्रान्स क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको उपाधि विजेता आयोजक कलैया फुटबल क्लब रातोले ५१ हजार र उपविजेता एफसी कमलडाँडाले २५ हजार ५ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।