तास खेलिरहेको अवस्थामा पक्राउ परेका ५ जना ।

हेटौँडा : हेटौँडा–१६ स्थित गौरिटार रंगशालास्थित दामोदर चौलागाईको गोठमा पैसाको हारजित हुने गरी तास खेलिरहेका ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोलीले तास खेलिरहेको अवस्थामा ४५ वर्षीय दामोदार चौलागाईसहित २९ वर्षीय विश्व स्याङ्तान, २९ वर्षीय सुदीप पोख्रेल, २९ वर्षीय प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरुको साथबाट ७ बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोट्टीसहितको काठको लुडो बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।