Home अर्थ/व्यापार बागमती प्रदेश सभामा बजेट प्रस्तुत हुँदै

बागमती प्रदेश सभामा बजेट प्रस्तुत हुँदै

आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ।

हेटौँडा : बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यक्रम सार्वजनिक गर्न आव्हान गरिएको बैठक सुरु भएको हो ।

दिउँसो ३ बजेका लागि आव्हान गरिएको बैठक बजेट सूचना प्रणालीमा प्राविधिक विषयहरु मिलाउन नसक्दा ढिलाई भई राती करिब ९ बजे सुरु भएको हो । प्रदेशसभाको बैठक २ पटकसम्म सारिएको थियो । प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशतसम्म वृद्धि गरी बजेटको आकार तयार गरिएको जनाइएको छ ।

Exit mobile version