Home अर्थ/व्यापार बागमती प्रदेशको बजेट : स्थानीय तहलाई १४ अर्ब १५ करोड अनुदान

बागमती प्रदेशको बजेट : स्थानीय तहलाई १४ अर्ब १५ करोड अनुदान

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहलाई अनुदान र कर बाँडफाँड वापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ । प्रदेश सरकारले आगामी वर्षमा स्थानीय तहका लागि सम्मानीकरण अनुदान १ अर्ब ६६ करोड रुपैयाँ हस्तान्तरण गर्ने बजेट वक्तव्य मार्फत् उपलब्ध गराउने जनाएको हो ।

सशर्त अनुदान वापत ३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ, समपुरक अनुदान वापत २ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ, विशेष अनुदान वापत ७६ करोड ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सवारी कर बाँडफाँड वापत प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ हस्तान्तरण गर्ने अनुमान गरिएको छ ।

Exit mobile version