हेटौँडा : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेसँगै आगामी आर्थिक वर्षको बजेट प्रदेश सभा बैठकबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार मन्त्रिपरिषद् बैठकपछि सरकारका मन्त्रीहरू प्रदेश सभा बैठकका लागि त्यसतर्फ लागेका छन् । बजेट आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुहुनेछ ।
