Home मुख्य समाचार मकवानपुर क्याम्पस र युनिभर्सिटी अफ टेक्नोलोजी मलेसिया बीच शैक्षिक सम्झौता

मकवानपुर क्याम्पस र युनिभर्सिटी अफ टेक्नोलोजी मलेसिया बीच शैक्षिक सम्झौता

सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र युनिभर्सिटी अफ टेक्नोलोजी मलेसियासँग शैक्षिक सम्झौता भएको छ । शुक्रबार नेपालमा रहेको मलेसियाको दूतावासमा एक कार्यक्रमका बीच सम्झौता भएको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख यामबहादुर सिलवाले जानकारी दिनुभयो ।

सम्झौतामा सिकाइलाई वृद्धि गर्ने, अनुभव आदानप्रदान गर्ने, प्राध्यापक–विद्यार्थी आदानप्रदान गर्ने, जनस्तरको सम्बन्ध विकास गर्ने, अनुसन्धान कार्य, सेमिनार, प्रस्तुती आदानप्रदान गर्ने उल्लेख गरिएको छ । सम्झौताका क्रममा विश्वविद्यालय अन्तर्राष्ट्रिय शाखा प्रमुख यस्टर, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष डोरमणि पौडेल, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख यमबहादुर सिलवाल, सहायक क्याम्पस प्रमुख उत्तम अर्याल र दूतावास पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version