सांकेतिक तस्वीर ।

हेटौँडा : रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीमा विदेशी पर्यटनको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया मलेसियन नागरिक आर कुनासुन्दरी रामाचन्द्रन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

गत शुक्रबार बिहान ८ बजेर ४० मिनेटको समयमा रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर गएकी रामाचन्द्रनलाई बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा अचानक स्वास प्रस्वासमा समस्या आई बिरामी भएकी थिईन् । उनलाई उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा हिजो शुक्रबार राती ११ बजेर १० मिनेटको समयमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।