Home मुख्य समाचार सिद्धार्थ शिशु सदनमा छात्रतर्फ आदित्य र छात्रातर्फ स्वेच्छा कप्तान

सिद्धार्थ शिशु सदनमा छात्रतर्फ आदित्य र छात्रातर्फ स्वेच्छा कप्तान

निर्वाचित कप्तान तथा उपकप्तानहरु ।

हेटौँडा : हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदनको छात्र कप्तानमा आदित्य पराजुली र छात्रामा स्वेच्छा थापा चयन हुनु भएको छ । शुक्रबार भएको विद्यालय नेतृत्व चयनको निर्वाचनमा छात्र आदित्य र छात्रामा स्वेच्छा चयन हुनुभएको हो ।

आदित्यले ३५४ मत प्राप्त गर्नु भएको थियो भने स्वेच्छाले २६८ मत प्राप्त गर्नु भएको थियो । सहायक कप्तानमा छात्रतर्फ शिशिर बस्नेत, छात्रातर्फ दीक्षा ढकाल चयन हुनुभएको छ । ४४६ जना मतदाता रहेकोमा ४१७ जनाले मतदान गरेका थिए । रातो सदनको कप्तानमा सविन रखाल, उपकप्तानमा केयुर न्यौपाने, निलो सदनको कप्तानमा संस्कृत बर्ताैला, उपकप्तानमा यानु चौधरी, हरियो सदनको कप्तानमा पूर्णिमा दुलाल, उपकप्तानमा रोज थिङ्, पहेँलो सदनको कप्तानमा आयुष्मा श्रेष्ठ, उपकप्तानमा आकृति गोले चयन हुनुभएको छ । विद्यालयले डिजिटल मतदानको व्यवस्था गरेको थियो ।

Exit mobile version