Home मुख्य समाचार तुलसीमेहरको कप्तानमा जेनिशा निर्वाचित

तुलसीमेहरको कप्तानमा जेनिशा निर्वाचित

निर्वाचनमा मतदान गर्दै एक विद्यार्थी ।

हेटौँडा : हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल सेकेण्डरी स्कुलको कप्तानमा जेनिशा लोप्चन र उपकप्तानमा रुवेन रुम्बा निर्वाचित हुनुभएको छ । तुलसीमेहरले पहिलो पटक निर्वाचनको अभ्यास गरेको हो । २ कक्षादेखि १० कक्षासम्मका ९ सय विद्यार्थीले मतदाता थिए भने ८ कक्षादेखि १० कक्षाका विद्यार्थीलाई मात्रै उम्मेदवार हुने अधिकार प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक कमल नेपालले जानकारी दिनुभयो ।

यस्तै हरियो सदनको कप्तानमा कुन्साङ घलान र उपकप्तानमा दिप्ती क्षेत्री, पहेँलो सदनको कप्तानमा श्रेयंका सिलवाल, उपकप्तानमा आयुष पटेल निर्वाचित हुनुभएको छ । यस्तै निलो सदनको कप्तानमा समृद्धि पराजुली, उपकप्तानमा नोर्साङ लामा र सातो सदनको कप्तानमा देलिशा बल, उपकप्तानमा प्रकृति मोक्तान निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यक्रमलाई प्याव्सनको केन्द्रीय समिति उपाध्यक्ष आशिष श्रेष्ठ, निर्वाचन आयोगको हेटौँडास्थित बागमती प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ढकालले पनि अनुगमन गर्नुभएको थियो ।

Exit mobile version