Home मुख्य समाचार चट्याङ लागेर राक्सिराङका मिथुन र सुर्जामाया घाइते

चट्याङ लागेर राक्सिराङका मिथुन र सुर्जामाया घाइते

हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : शुक्रबार दिउँसो हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–१, राम्चेमा २ जना घाइते भएका छन् । चट्याङ लागेर ३५ वर्षीय मिथुन मोक्तान र २२ वर्षीया सुर्जामाया स्यान्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे हावाहुरीसँगै परेको चट्याङ लागेर मिथुनको घाँटी र नाकमा चोट लागेर मध्यम अवस्थामा छन् भने सुर्जामाँयाको शरीरको बाहिरी भागमा चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यसअघि बुधबार चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिकामा १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको थियो ।

Exit mobile version