हेटौँडा : अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ दोर्जे लामालाई पक्राउ गरेको छ ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले बिहीबार राती ९ बजेर ५५ मिनेटको समयमा लामाको घरबाट अवैध भरुवा बन्दुक एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले लामालाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
