हेटौँडा : हेटौँडा–१०, राप्तीरोडमा व्यवसायीमाथि सांघातिक आक्रमण गर्ने एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो ३ बजेको समयमा राप्तीरोडस्थित दास इम्पोरियमका सञ्चालक ६१ वर्षीय विन्दल दासमाथि सांघातिक आक्रमण गर्ने समूहमध्ये एक हेटौँडा–१२ पदमपोखरीका ३५ वर्षीय विजय थिङलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले बिहीबार नै ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











