हेटौँडा : हेटौँडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा बुधबारबाट तालिम सुरु भएको हो ।
हेटौँडा–२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु भएको तालिममा मेम्बर लो र लिला कुमार घलानले प्रशिक्षण दिनुहुनेछ । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा केन्द्रीय सचिव आदर्श सिं थोकरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, जिला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका सहायक पाँचौ तुलाराम पाण्डे, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष नवराज वाईबा, तामाङ कलाकार संघ मकवानपुरका अध्यक्ष धिरेन लामा, सचिव विक्रम लुङ्बाको उपस्थिति रहेको थियो ।











