हेटौँडा : शहीद रुद्र पाखिन र वासुदेव घिमिरेको स्मृतिमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित तेस्रो संस्करणको खुला ८ ‘ए’ साइड फुटबलको उपाधिका लागि सिमलटार युवा क्लब र दाजुभाइ एफसी भिड्ने भएका छन् । बुधबार बिहान मकवानपुरगढी गाउँपालिका–२, स्थित कुुर्ले दमारको खेलमैदानमा भएको खेलमा सिमलटार युवा क्लवले र खेलकुद विकास समितिलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यस्तै दाजुभाइ एफसी पेनाल्टी सुटआउटमा ७ नम्बर बिहानी भेट्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेल निर्धारित समय १–१ गोलको बराबरीपछि पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा १२–११ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फाइनल खेल बुधबार नै हुनेछ । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो ।
मकवानपुरगढी खेलकुद विकास समितिको आयोजना, मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोग तथा दाजुभाइ एफसीको सह–आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
