Home मुख्य समाचार लागूऔषधसहित ६ जना पक्राउ

लागूऔषधसहित ६ जना पक्राउ

लागूऔषधसहित पक्राउ परेका ६ जना ।

हेटौँडा: मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चोकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको छ । आइतबार बिहान ११ बजेर २० मिनेटको समयमा हेटौँडाबाट बीरगंजतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नम्बरको यात्रुवाहक बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार २ जनाको साथबाट लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बसमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ की ४० वर्षीया फूलमाया स्याङ्वो र ३० वर्षीया निर्मला मोक्तानको साथबाट लागूऔषध बरामद गरेको थियो । उनिहरुको साथबाट प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । लागूऔषध गाँजासहित फूलमाया र निर्मलालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले हेटौँडा–५, सानोपोखराबाट लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले शंकास्पद रुपमा बसिरहेका बागमती गाउँपालिका–१ घर भई हाल हेटौँडा–५ का २४ वर्षीय आशिष अधिकारी र हेटौँडा–२ बस्ने २९ वर्षीय विज्ञान डिम्डुङलाई सुरक्षा जाँच गर्दा लागूऔषध ट्रामाडोल बरामद गरेको थियो । उनिहरुको साथबाट १६० ट्याब्लेट लागूऔषध ट्रामाडोल बरामद गरेको प्रहरीले जानकारी दिएको छ । लागूऔषधसहित नियन्त्रणमा लिई आशिष र विज्ञानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार राती ९ बजेको समयमा मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइन २२० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सोनाम घिसिङले संचालन गरेको हुक्का बारबाट बागमती–४ का ३० वर्षीय अविनास घलान र २२ वर्षीय अजय घिसिङलाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुको साथबाट लागूऔषध ट्रामाडोल ५५ क्याप्सुल पनि फेला परेको प्रहरीले जनाएको छ । जिल्ला अदालत मकवानपुरकाट ५ दिनको म्याद थप अनुमति घलान र घिसिङलाई हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version