लागूऔषध ट्रमाडोलसहित पक्राउ परेका आशिष र विज्ञान पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध ट्रमाडोलसहित २ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलिले हेटौँडा–५, सानोपोखराबाट लागूऔषध ट्रमाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले शंकास्पद रुपमा बसीरहेका बागमती गाउँपालिका–१ घर भई हाल हेटौँडा–५ बस्ने २४ वर्षीय आशिष अधिकारी र हेटौँडा–२ बस्ने २९ वर्षीय विज्ञान डिम्डुङलाई सुरक्षा जाँच गर्दा लागूऔषध ट्रमाडोल बरामद गरेको थियो । उनिहरुको साथबाट १६० ट्याब्लेट लागूऔषध ट्रमाडोल बरामद गरेको प्रहरीले जानकारी दिएको छ । लागूऔषधसहित आशिष र विज्ञानलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।