हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–३, चुखावेशीमा पौडी खेल्ने क्रममा बगाउँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका–४, बस्ने २४ वर्षीय साजन वाईबा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चुखावेशीमा बृहत खानेपानी आयोजनाको ट्यांकी बनाउने काम गर्दै आएका वाईबा आइतबार बिहान ९ बजेर ३० मिनेटको समयमा सुनकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको थियो । वाईबालाई खोजतलास गर्दै जाँदा नदीबाट ५० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।