Home मुख्य समाचार अख्तियारमा मकवानपुरको उजुरी २३५ उजुरी मध्ये १३४ वटा फछ्र्यौट

अख्तियारमा मकवानपुरको उजुरी २३५ उजुरी मध्ये १३४ वटा फछ्र्यौट

हेटौंडाः गत आर्थिक वर्ष २०७६\७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा एक हजार एक सय २६ वटा उजुरी परेको थियो । जसमध्ये सात सय आठ वटा उजुरीको फछ्र्यौट भएको अख्तियार कार्यालय हेटौंडाका कानून उपसचिव ओम प्रकाश बरालले जानकारी दिनुभयो । यस्तै चार सय १८ वटा उजुरी भने फछ्र्यौट हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशको राजधानी हेटौंडास्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप, मकवानपुर र चितवनमा काम गर्दै आएको छ । जसमध्ये ९ जिल्लामा प्रत्यक्ष कार्यालयबाट कार्य सम्पादन हुन्छ भने ३ जिल्लाहरु दोलखा रामेछाप तथा रसुवामा भने प्रमुख जिल्ला अधिकारी मार्फत कार्य हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत आर्थिक वर्ष २०७६\७७ मा मकवानपुर जिल्लाबाट मात्रै दुई सय ३५ उजुरी परेको थियो । उजुरी परेका मध्ये एक सय ३४ उजुरी फछ्र्यौट भएको छ भने एक सय एक वटा उजुरी प्रक्रियामा रहेको जनाएको छ ।

मकवानपुरबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत आठ वटा उजुरी परेकोमा दुई वटा फछ्र्यौट भएको छ भने दुई वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ । त्यस्तै बागमती प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालयमाथि नौं वटा उजुरी परेकोमा अख्तियारले छ वटा उजुरी फछ्र्यौट गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातारणमा गत आवमा २६ वटा उजुरी परेको अख्तियार कार्यालय हेटौंडाले बताएको छ । जसमध्ये नौं वटा उजुरीको फछ्र्यौट भएको छ भने १७ उजुरी प्रक्रियामा रहको जनाइएको छ । प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि एउटा उजुरी परेकोेमा फछ्र्यौट हुन सकेको छैन । त्यस्तै संघीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत पनि मकवानपुरमा छ वटा उजुरी परेकोमा सबै फछ्र्यौट भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत मकवानपुरबाट एउटा उजुरी परेकोमा फछ्र्यौट हुन बाकी रहेको छ ।

संघीय गृह मन्त्रालयमा मकवानपुरको १३ वटा उजुरी दर्ता भएकोमा १० वटा उजुरी मात्र फछ्र्यौट भएको, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कामकारबाहिमा १३ उजुरी परकोमा अख्तियार कार्यालय हेटौंडाले छ वटा उजुरी मात्र गत आवमा फछ्र्यौट गरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य क्षेत्रमा तीन उजुरीमा परेकोमा तीन वटै फछ्र्यौट, संघीय सञ्चार तथा सूचना प्रविधिमा एउटा उजुरी परकोमा फछ्र्यौट भएको छ । संघीय मामिला मन्त्रालय अन्तर्गत स्थानीय तहका ७४ उजुरी परेकोमा ३९ वटा उजुरी फछ्र्यौट भएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाहेक संवैधानिक अङ्गमा एउटा उजुरी परेको र फछ्र्यौट भएको छ । मकवानपुर जिल्लामा संघीय उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा १० वटा उजुरी परेकोमा सात वटा फछ्र्यौट भएको, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयविरुद्ध शिक्षा र स्वास्थ्य बाहेकमा एउटा उजुरी परेको र फछ्र्यौट हुन बाकी रहेको, मकवानपुरमा संघीय खानेपानी मन्त्रालयविरुद्ध दुई वटा उजुरी परेकोमा फछ्र्यौट भएको, संघीय शहरी विकास मन्त्रालयमा एउटा उजुरी परेकोमा फछ्र्यौट भएको, बागमती प्रदेशको भौतिक विकास मन्त्रालय अन्तर्गत खानेपानी र शहरी विकास शाखा उपर चार वटा उजुरी परेकोमा तीन वटाको फछ्र्यौट भएको छ ।

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत मकवानपुरमा १३ वटा उजुरी परेकोमा आठ वटाको फछ्र्यौट भएको, स्थानीय तहको शिक्षाको विषयमा मकवानपुरमा २६ वटा उजुरी परेकोमा १६ वटाको फछ्र्यौट भएको छ । यस्तै संघीय युवा तथा खेलकूद मन्त्रालयविरुद्ध मकवानपुरमा एउटा उजुरी परेकोमा फछ्र्यौट भएको, संघीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत मकवानपुरबाट १४ उजुरी परेकोमा ८ वटाको फछ्र्यौट भएको, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमाथि मकवानपुरबाट तीनवटा उजुरी परकोमा दुईवटा फछ्र्यौट भएको, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन, उद्योग र आपूर्तिविरुद्ध पाँच वटा उजुरी परेकोमा एउटा मात्र गत आर्थिक वर्षमा फछ्र्यौट भएको छ भने अन्य एउटा उजुरी परेकोमा सो पनि फछ्र्यौट भैसकेको हेटौंडा स्थित अख्तियारको कार्यालयले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको सुरुवातमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले एक स्टिङ अपरेशन सम्पन्न गरेको छ । स्टिङ अपरेशन मार्फत दुई जनालाई घुस रकम लिँदालिँदै गरेको अवस्थामा पक्राउ गरेको र अहिले उनीहरुविरुद्ध मुद्दा चलिरहेको अख्तियार कार्यालय हेटौंडाले जनाएको छ । आर्थिक वर्ष २०७६\०७७ मा अख्तियारको हेटौंडास्थित कार्यालयले १७ वटा स्टिङ अपरेशन गरेको जनाएको छ । स्टिङ अपरेशन गरेर घुस लिँदै गरेका वा लिएका २१ जनालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कानुन उपसचिव ओम प्रकाश वरालले जानकारी दिनुभयो । यसैगरी बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालयले आर्थिक वर्ष २०७६\७७ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई छिट्टै बुझाउने जनाएको छ । संघीय सरकारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाएलगत्तै प्रदेश प्रमुखलाई पनि हेटौंडामा बुझाइने हेटौंडास्थित कार्यालयका कानून उपसचिव ओम प्रकाश बरालले बताउनुभयो ।

Exit mobile version