हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९, जिनाईमा हावाहुरीले भिमबहादुर गोङबोको घर पुर्ण रुपमा क्षति भएको छ । शनिबार वर्षासंगै आएको हावा हुरीले गोङबोको २ तल्ले जस्ताले छाएको कच्चि घर भासि पुर्ण रुपमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
हुरीका कारण दुई लाख बराबरको क्षति भएको छ भने मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
