हेटौँडा : सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–११, भोक्टेनीमा एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ ।
मंगलबार बिहान ६ बजेको समयमा घर नजिकैको बढरको रुखमा घाँस काट्ने क्रममा लडेकी ६१ वर्षीया भुइँमाया तामाङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
