Home मुख्य समाचार गणतन्त्र दिवसको अवसरमा २६ जनाले रक्तदान गरे

गणतन्त्र दिवसको अवसरमा २६ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौँडा : गणतन्त्र दिवसको अवसरमा बुधबार बिहान हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

हेटौँडा–१०, बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित प्रदेश सरकारका मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो । गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले विविध क्रियाकलाप समेत गर्दैछ । बिहीबार उद्योग संघ मकवानपुर र शुक्रबार हेटौँडा उपमहानगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गर्ने रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।

Exit mobile version