
हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा प्रदेशसभामा सरकारको नीति कार्यक्रम पेश भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मोलन आयोजना गर्ने भएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा लगानी सम्मेलन आयोजनाका लागि नीतिगत प्रत्रmिया अघि बढाउने भएको हो । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम बुधबार बसेको बैठकमा पेश गर्दै आयोजना बैंक सूचना प्रणाली कार्यान्वयन प्रभावकारी गरिने बताउनुभयो । उहाँले आयोजना बैंक मार्फत् निर्वाचन क्षेत्रका प्रभावकारी योजनाहरु छनौट प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।