हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका ८, कोगटेस्थित कोगटेखोलामा डुबेर काठमाडौंका नामसोज हंगजबेगुको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका १२, लाजिम्पाटका नामसोजसहित ८ जना पौडी खेल्नका लागि मंगलबार कोगटे आएका थिए। पौडी खेल्ने क्रममा नामसोजको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ। नामसोजको शव पोष्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।











