Home मुख्य समाचार सुनकोशीमा शव भेटियो

सुनकोशीमा शव भेटियो

सुनकोशी नदि ।

हेटौँडा : सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७, तल्लो बजार क्षेत्रमा सुनकोशी नदिमा शव भेटिएको छ ।

अन्दाजी ४५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव मंगलबार दिउँसो ३ बजेको समयमा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शवको सनाखत हुन सकेको छैन । दाहिने हातको नाडीमा नुरजित लेखिएको ट्याटु रहेको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version