Home खेलकुद मेयर कप फुटबलअन्तर्गत आजका खेल स्थगित

मेयर कप फुटबलअन्तर्गत आजका खेल स्थगित

पिप्ले क्याम्पा रंगशालाको फुटबल मैदानमा जमेको पानी ।

हेटौँडा : भारी वर्षा भएसँगै खेल मैदान जलमग्न भएपछि हेटौँडामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबारका खेलहरु स्थगित भएका छन् । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेका अनुसार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालाको खेलमैदान जलमग्न भएकोले आजको खेल स्थगित गर्ने निर्णयमा पुगेको हो ।

यसअघि सोमबारको खेल पनि वर्षाका कारण प्रभावित बनेको थियो । आज पहिलो खेल हेटौँडा–५ र हेटौँडा–१५ बीच र दोस्रो खेल हेटौँडा–१२ र हेटौँडा–१७ बीच हुने तालिका थियो । आज स्थगित भएको खेल भोलि बिहीबार हुने अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।

Exit mobile version