टच एण्ड ग्लो मेकअप स्टुडियोमा तालिम समापनपछि प्रशिक्षार्थीसहित खिचिएको तस्वीर ।

हेटौँडा : बागमती प्रदेश युवा परिषद्को सहयोगमा क्रियटिभ स्किल्स प्रालिले हेटौँडामा असिस्टेन्ट व्युटिसियन तालिम आयोजना गरेको छ । ३९० घण्टे तालिम ४ वटा समूहमा छुट्टाछुट्टै आयोजना गरेको थियो । फागुन दोस्रो सातादेखि सुरु भएर जेठ पहिलो साता समापन भएको तालिममा २०/२० जनाका दरले ८० जना सहभागी थिए ।

हेटौँडा–४, नमूनामार्गस्थित टच एण्ड ग्लो मेकअप स्टुडियोमा करुणा अधिकारीले प्रशिक्षण दिनुभएको थियो भने हेटौँडा–४, स्कूलरोडस्थित सिजन्स व्युटिपार्लरमा संगीता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । यस्तै हेटौँडा–८, कमानेस्थित सजी व्युटिपार्लरमा सजिता केसीले प्रशिक्षण दिनुभएको थियो भने हेटौँडा–१०, टिसिएनरोडस्थित आइबीएस व्युटि एकेडेमीमा मेलिना स्याङ्तान लामाले प्रशिक्षण दिनुभएको थिाये ।

स्वरोजगारमूलक प्रशिक्षणपश्चात सहभागीले थोरै पूँजी लगानी गरेर आफ्नै व्यवसाय सुरुवात गर्न सक्ने अपेक्षासहित तालिमको आयोजना गरिएको बताइएको छ । व्युटिसियन तालिमकी प्रशिक्षक करुणा अधिकारीतालिममा सहभागी अधिकांशले मिहिनेत गरेर राम्रो सीप विकास गरेको दावी गर्नुभयो । तालिममा सहभागीले सिकेका सीपलाई उपयोग गरी आफ्नै गाउँठाउँमा स्वरोजगार बन्न सक्ने प्रशिक्षक अधिकारीको भनाइ छ ।