हेटौँडा : हेटौँडामा जारी मेयरकप फुटबल प्रतियोगितामा आज मंगलबार २ खेल हुने जनाइएको छ । वर्षाका कारण मैदानमा पानी जमेपछि हिजो सोमबार हुन नसकेका दुई खेल आज हुने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
आज पहिलो खेल हेटौँडा–१ र हेटौँडा–१४ बीच पहिलो खेल हुनेछ भने हेटौँडा–१० र हेटौँडा–१९ बीच दोस्रो खेल हुनेछ । यी दुबै खेल हिजो हुन सकेको थिएन । अहिलेसम्म खेलमैदानको अवस्था अनुकुल रहेको जानकारी दिनुहुँदै आज दिउँसो वर्षा भएर पिप्ले–क्याम्पा रंगशालामा खेल सम्भव नभए हेटौँडा–६ स्थित गौरिटार रंगशालामा खेल सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताउनुभएको छ ।











