हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलामा सुमो दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार बीरगन्जबाट काठमाडौं जाँदै गरको ना १ ज २४२९ नम्बरको टाटा सुमो उकालो चढ्न नसकेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी भारतको बिहार राज्यको मोतिहारी जिल्लाका ६० वर्षीय ललन चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी खुट्टा र टाउकोमा चोट लागेका चौधरीलाई उपचारका लागि काठमाडौं लगिएको थियो । चौधरीको उपचारको क्रममा शनिबार बिहान १० बजेर २० बजेको समयमा काठमाडौंस्थित नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुमो चालक बारा जिल्लाको गढीमाई नगरपालिका–११ का २८ वर्षीय मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











