Home मुख्य समाचार पौडि खेल्ने क्रममा नुवाकोटबाट बेपत्ता भएकी सदिक्षा धादिङको त्रिशुली नदिमा मृत फेला

पौडि खेल्ने क्रममा नुवाकोटबाट बेपत्ता भएकी सदिक्षा धादिङको त्रिशुली नदिमा मृत फेला

सांकेतिक तस्वीर ।

हेटौँडा : धादिङ जिल्लाको सिद्वलेक गाउँपालिका–७, आदमटारमा त्रिशुली नदिको किनारमा एक जना बालिका मृत फेला परेकी छन् । मृत फेला पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगडि नगरपालिका–७, कल्चौडेकी ११ वर्षीया सदिक्षा राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सदिक्षा गत बुधबार साँझ ६ बजेको समयमा बेलकोटगढि नगरपालिका–७, स्थित त्रिशुली नदिमा पौडि खेल्ने क्रममा बगाई बेपत्ता भएकी थिइन् । बिहीबार दिउँसो २ बजेर ३० मिनेटको समयमा त्रिशुली नदिको किनारमा रहेको ढुङ्गाको चेपमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version