हेटौँडा : मकवानपुरगढी–२, गढीभञ्ज्याङमा आगलागी हुँदा घर, गोठमा क्षति पुगेको छ । शनिबार साँझ संचार सिंह डिमडुङ्को ब्लकको गारो र जस्ताले छाएको घरमा करेन्ट सर्ट भई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
आगलागी भएको भन्ने जानकारी पाएपछि प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा राती ९ बजेर ४५ मिनेटको समयमा आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ भने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्नपात र लत्ताकपडा गरी एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।











