Home मुख्य समाचार विकटका किशोरीको सहभागितामा सम्मेलन

विकटका किशोरीको सहभागितामा सम्मेलन

किशोरी सम्मेलनमा सहभागी किशोरीहरु ।

हेटौँडा : बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको अस्मिता नेपालले बिहीबार हेटौँडामा किशोरी सम्मेलनको आयोजना गरेको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका किशोरकिशोरीको सहभागिता रहेको बालविवाह न्यूनीकरणका लागि जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको हो ।

अस्मिता नेपालकी अध्यक्ष आरती पाठकको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा सम्मेलनको उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको पनि आतिथ्य रहेको थियो ।

सम्मेलनमा बालविवाह न्यूनीकरणको सम्बन्धमा बहस समेत गरिएको थियो । बहसमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, हेटौँडा उपमहानगरपालिकाको महिला बालबालिका तथा समावेशी शाखाकी प्रमुख विष्णुकुमारी लामिछाने र राक्सिराङकी किशोरी सविना प्रजा बहसकर्ताको रुपमा सहभागी हुनुहुन्थ्यो । सम्मेलनले बालविवाह न्यूनीकरणका लागि ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

Exit mobile version