Home मुख्य समाचार सिद्धार्थ ल क्याम्पसको प्रथम वार्षिक सभा सम्पन्न

सिद्धार्थ ल क्याम्पसको प्रथम वार्षिक सभा सम्पन्न

क्याम्पस सभालाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख तथा क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मीना कुमारी लामा ।

हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ ल क्याम्पसको प्रथम क्याम्पस सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभा हलमा क्याम्पस सञ्चालक समितिकी अध्यक्ष हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा क्याम्पस सभा भएको हो ।

क्याम्पस सभामा अध्यक्ष लामाले नीति, कार्यक्रम तथा आर्थिक वर्ष २०८१/०८२ का लागि कार्ययोजना प्रस्तुत गर्नुभयो । क्याम्पस सभामा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, कैलाश गाउँपालिकाका अध्यक्ष लोक मुक्तान, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भिम पाख्रिन, नेकपा समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहाल, संविधानसभा सदस्य तथा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, बंशगोपाल बहुमुखी क्याम्पस अध्यक्ष उज्वल चौलागाईं, सिद्धार्थ ल क्याम्पसका पूर्व प्रमुख मोहनप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद शर्माले विद्यार्थी र अभिभावकहरूको आवश्यकता र चासोका कारण क्याम्पस स्थापना गरिएको बताउनुभयो । अब कानुन पढ्न काठमाडौं जानु पर्ने अवस्था अन्त्य भएको शर्माले बताउनुभयो । प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले ल क्याम्पसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने सम्भावनाबारे उल्लेख गर्नुभयो । नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले क्याम्पसको गतिविधिबारे स्पष्ट जानकारी नभएको भन्दै कानुनी रूपमा राजनीतिक दलको भूमिका कस्तो हुने भन्ने प्रश्न उठाउनुभयो । संविधानसभा सदस्य अनन्तप्रसाद पौडेलले गुणस्तरीय शिक्षा, न्यून शुल्क, रोजगारीको अवसर र सहकार्यको आवश्यकता औँल्याउँदै सबै पक्षको जिम्मेवारीको कुरा गर्नुभयो । नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले क्याम्पसलाई संरक्षण गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै चुनौतीका साथ अवसर पनि रहेको बताउनुभयो ।

Exit mobile version